Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिब्बतबाट ८०० अक्सिजन सिलिन्डर, २०० आईसीयू बेड र ५ भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री तातोपानी आइपुग्यो


    सोमबार, जेष्ठ १७ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिन्धुपाल्चोक । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्दको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ। 

    कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन तिब्बत सरकारले आइतबार थप स्वास्थ्य सामग्री तातोपानी नाकाबाट नेपाललाई हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। 

    जसमा ८०० अक्सिजन सिलिन्डर, २०० थान आईसीयू बेड र ५ भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर र १५ हजार थान एन्टिजेन किट रहेका छन् । 

    गौतमका अनुसार आइतबार नै ५ मिलियन आरएमबी. अतिरिक्त अनुदान सहायताअन्तर्गत चीनले ४० थान पोर्टेवल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेवल अल्ट्रासाउण्ड र ३० थान एनेस्थेसिया मेसिनलगायत स्वास्थ्य सामग्री पनि चीनले उपलब्ध गराएको छ। 

    यस्तै, आज चीन सरकारले दोस्रोपटक अनुदानमा दिने घोषणा गरेको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने तयारीमा रहेको छ। 

    बेइजिङस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले चिनियाँ अनुदानको खोप लिन निगमको वाइड बडी जहाज सोमबार राति काठमाडौंबाट बेइजिङका लागि उड्ने र मंगलबार अपराह्न २ बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको जानकारी दिए।

    गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको फोन वार्ताका क्रममा चिनियाँ समकक्षी सी जिनफिङले नेपाललाई आकस्मिक प्रयोगका लागि १० लाख चिनियाँ खोप अनुदानमा दिने घोषणा गरेका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार