काठमाडौँ । संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताबारे इजलासमा प्रश्न उठेपछि सबै न्यायाधीशहरु सर्वोच्च अदालतको छलफलमा बसे पनि यसबारे आइतबार कुनै निर्णय हुन सकेन ।
संसद् विघटनसम्बन्धी मुद्दाहरुमा बिहीबारदेखि सुरु भएको संवैधानिक इजलासमा तीन दिनसम्म पनि न्यायाधीशद्वय केसी र श्रेष्ठको विवादास्पद उपस्थितिबारे बहसकर्ताहरुले प्रश्न उठाउँदै आइरहेका छन्।
यसबारे आइतबारको इजलास सकिँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीशद्वय केसी र श्रेष्ठले नै छलफल गरेर यो विषय टुंग्याउने भन्दै उठेका थिए। यद्यपि इजलासपछि सर्वोच्च अदालतमा भएको संवैधानिक इजलासका पाँच न्यायाधीशहरुको बैठकले यसको निर्क्यौल गर्न सकेन।
यसैबीच आज यसबारे छिनोफानो हुने र मंगलबारदेखि संसद विघटनसम्बन्धी रिटहरुमाथि नियमित सुनुवाइ हुने सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले बताए।
इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, केसी र श्रेष्ठ छन् । गत बिहीबार ९ वटा रिटमा एकल इजलासमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले ती सबै संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए ।
संसद पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशको माग गरी निवर्तमान सांसदले रिट निवेदन दर्ता गरेका छन् भने बाँकी रिट निवेदनमा संसद विघटन गर्नु असंवैधानिक भएकाले पुनःस्थापनाको माग गरिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend