Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४,३६९ जना काेराेना संक्रमित थपिँदा ६,२०५ जना संक्रमणमुक्त


    आइतबार, जेष्ठ १६ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३,७०२ र १,७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६२०५ पुगेको छ।

    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७,०४७ पुगेको छ।

    यसअघि हिजो ६०८० जना संक्रमणमुक्त  हुँदा ११६ जनाको मृत्यु भएको थियो ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार