काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।
कोरोनाभाइरस संक्रमण कम नभएकोले अहिलेकै अवस्थामा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएकोले वैकल्पिक विधिबाट एसईई गर्न बोर्डले मन्त्रालयसँग अनुमति मागेको हाे ।
शिक्षा मन्त्रालयले एसईईबारे कसरी गर्ने भन्ने निर्णय दिएपछि त्यसअनुसार अगाडि बढ्ने स्राेतले बताएकाे छ ।
गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो।
गत वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो भने कक्षा १२ को परीक्षा नै लिइएको थियो।
यसपटक पनि एसईई आन्तरिक मूल्यांकन वा यस्तै वैकल्पिक विधिबाट लिने गरी बोर्डको तयारी छ।