Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनुवाइकाे सुरुमै संवैधानिक इजलासका न्यायाधीशमाथि नै प्रश्न


    आइतबार, जेष्ठ १६ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णयका विरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आज पुनः सुरु भएको छ ।

    सुनुवाइको क्रममा न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठाइएको छ । अधिवक्ता गोविन्द बन्दीले न्यायाधीशमाथि नै प्रश्न उठाएपछि संवैधानिक इजलासका अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले लिखत माग गरेका छन् ।

    शुक्रबार पनि ८ रिटमाथि सुनुवाइ भएकोमा न्यायाधीशमाथि नै प्रश्न उठेपछि बाँकी रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखी सुनुवाइ स्थगित गरिएको थियो ।

    यसअघि नेकपाको एकीकरण बदर गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिने न्यायाधीश श्रेष्ठको त्यही फैसलाका विषयमा अधिवक्ता बन्दीले प्रश्न उठाएका हुन् ।

    न्यायाधीश श्रेष्ठकै इजलासले ऋषि कट्टेलको तर्फबाट नेकपा नाममा आफ्नो दावी गर्दै दायर मुद्दाको फैसलामा एमाले र माओवादीको एकीकरण बदर गर्दै दुवै पार्टीलाई एकीकरणपूर्वको अवस्थामा फर्काइदिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार