Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विपक्षी गठबन्धनकाे निर्णय: सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने


    आइतबार, जेष्ठ १६ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं ।  विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेकाे बैठकले यस्ताे निर्णय गरेको हाे ।

    बैठकमा कांग्रेसका नेताहरूसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

    संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशमार्फत् ल्याएर संविधानको उल्लंघन गरेको भन्दै विपक्षी गठबन्धनको बैठकले संविधान विपरितका काम नगर्न सरकारलाई चेतावनी दिएको छ । 

    प्रतिनिधिसभाको पुनस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा विकल्प प्रधानमन्त्री समेत आफूहरुले प्रस्तुत गरिसकेको अवस्थामा दीर्घकालका लागि प्रभाव पार्ने बजेट ल्याएकोमा विपक्षी गठबन्धनले चेतावनी दिएका हुन् ।

    प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च गएका विपक्षी ५ दलले कोरोनाका बेला कसरी राजनीतिक प्रतिवाद गर्ने भन्नेबारे पनि छलफल गरेका थिए ।

    राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक कदमबारे राजनीतिक र कानुनी लडाइँ लड्ने बैठकले निर्णय गरेको छ । 

    press 1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार