Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सुदूरपश्चिममा एमालेको गुटीय लडाई उत्कर्षमा, ओली समूहका सांसदसँग स्पष्टीकरण माग


    आइतबार, जेष्ठ १६ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम एमालेभित्र ओली र माधव नेपाल पक्षीबीच चर्को विवाद देखिएको छ । सुदूरपश्चिम एमालेका अध्यक्ष कणर्बहादुर थापाले एमालेका ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिए । तर उनीहरु फिर्ता भएनन् । उनले तीनै जनालाई पार्टीबाट निस्कासन गरे ।

    शुक्रबार पुनः ६ जना एमालेका सांसदलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमा नियुक्त गरे । एमालेबाट ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्ति गरेपछि सुदूरपश्चि  नेकपा एमालेको विवाद झनै छरपष्ट भयो ।

    एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता प्रकाश शाहले ओली पक्षका सांसद पठानसिंह बोहरासँग स्पष्टीकरण माग गरेका छन् । यस्तो स्पष्टीकरण माग्ने काम माधव नेपाल र केपी ओली दुवैतर्फबाट भइरहेको छ । 

    ओली समूहका सांसद बोहरालाई एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले शुक्रबार स्पष्टीकरण सोधेका छन् ।

    बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निणर्यविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निणर्य कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।

    prakash saha.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार