Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि गण्डकी प्रदेशको बर्खे अधिवेशन, ‘विश्वासको मत प्राप्त गरे मात्र बजेट ल्याउछौं’


    आइतबार, जेष्ठ १६ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की। गण्डकी प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन आजदेखि सुरु हुँदै छ ।

    गत सोमबारको बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्ययोजना तय भएको सरकारका प्रवक्ता एवं मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

    सरकारले जेठ २७ गतेभित्र विश्वासको मत लिने तयारी गरेको बताउँदै मन्त्री बस्नेतले भने, ‘बजेटको तयारी भएको छ । तर, यही सरकारले ल्याउँदैन । कि त विश्वासको मत प्राप्त गरियो भने बजेट आउँछ ।’

    गण्डकीमा गत बैशाख २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद्को सबैभन्दा ठूलो दलको हैसियतले शपथ लिएका थिए । अल्पमतको उनको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ‘हामीले विश्वासको मत पाउँछौं,’ उनले भने, ‘यदि मत पाएनौं भने संविधानअनुसार चुनावी प्रक्रियामा जान्छौं ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार