Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भियतनाममा कोरोनाको नयाँ खतरनाक ‘हाइब्रिड’ भेरियन्ट फेला


    आइतबार, जेष्ठ १६ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ।

    भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको हो । यो भाइरस हावाको माध्यमबाट तीव्र गतिमा फैलिने विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ भेरियन्ट निकै खतरनाक रहेको बताए । अहिलेसम्म कोरोना भाइरसका हजारौँ म्युटेशन भेरियन्ट पत्ता लागेका छन् ।

    भियतनाममा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बढेको छ । नयाँ हाइब्रेड भेरियन्ट देखिएपछि भियतनाममा त्रास फैलिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार