Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेप्टेम्बरदेखि आईपीएलका बाँकी खेलहरु युएईमा


    आइतबार, जेष्ठ १६ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटका बाँकी खेलहरु युएईमा खेलिने भएको छ ।

    शनिबार बीसीसीआईले एक विज्ञप्ति जारी गर्दै आईपीएलका बाँकी खेलहरु युएईमा खेलिने जनाएको हो। 

    यसअघि कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो भने अघिल्लो बर्ष पनि युएईमा नै खेलिएको थियो। 

    बीसीसीआईका अनुसार आगामी सेप्टेम्बर देखि अक्टोबरसम्म प्रतियोगिता हुनेछ, यद्धपि मिति भने घोषणा भइसकेको छैन। 

    तर, बीसीसीआईले बाँकी रहेको ३१ खेलहरु २५ दिन भित्र सक्ने योजना बनाएको बताएको छ । प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार