Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई


    आइतबार, जेष्ठ १६ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि लण्डन क्लव चेल्सीले जितेको छ ।

    शनिबार राति भएको फाइनल खेलमामा प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले च्याम्पियनस लिगको उपाधि जितेको हो।

    पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन खेलको ४३ औं मिनेटमा काइ हाभर्ट्जले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। 

    यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

    पहिलो पटक फाइनल पुगेको सिटीले आहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार