Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बजेट सिधासाधा जनतालाई ललिपप बाँडे जस्तै : बाबुराम भट्टराई


    आइतबार, जेष्ठ १६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ को बजेट सिधासाधा मतदातालाई ललिपप बाँडेको जस्तै देखिएको तर्क गरेका छन् ।

    पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले अर्थमन्त्रीमार्फत् वाचन गरिएको बजेट र नहुने चुनावको एमालेको घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएको पनि उल्लेख गरे ।

    भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘अर्थमन्त्रीमार्फत बाचन गरिएको नहुने चुनाबको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन। सिधासाधा मतदातालाई ललिपप बाँडेको देखियो । पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो। ‘

    शनिबार अर्थमन्त्री  विष्णु पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका  थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार