Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेटबारे डिला संग्रौलाको टिप्पणी : चुनावी घोषणापत्र र कागजी घोडा सिवाय केही छैन


    आइतबार, जेष्ठ १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी नेत्री डा डिला संग्रोलाले आर्थिक वर्ष २०७८ र ७९ को बजेट चुनावी घोषणापत्र र कागजी घोडा सिवाय केही नभएको टिप्पणी गरेकी छिन्। 

    डा संग्रौलाले शनिबार अर्थमन्त्रीमार्फत् वाचन गरिएको बजेट र चुनावको घोषणापत्र एउटै जस्तो बताउदै संसद विघटनको मुद्दा  सर्बोच्च अदालतको संबैधानिक इजलासको प्रकृया रहेको  बेला गरेको बजेटको औचित्यमानै प्रश्नबाचक चिन्ह खडा भएको उल्लेख गरेकी छिन्। 

    आइतबार बिहान बजेटको समिक्षा गर्दै नेत्री संग्रौलाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आर्थिक बर्ष २०७८/७९ मा झन्डै साढे १६ खरब बराबरको बजेट अद्यादेश मार्फत ल्याएको छ ।संसद विघटनको मुद्दा  सर्बोच्च अदालतको संबैधानिक इजलासको प्रकृया रहेको  बेला गरेको बजेटको औचित्यमानै प्रश्नबाचक चिन्ह खडा भएको छ।  यो चुनावी घोषणा पत्र र कागजी घोडा  सिवाय केही होइन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार