Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय गौरवको आयोजनाका लागि दुई अर्ब बजेट विनियोजन


    आइतबार, जेष्ठ १६ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेटमा कैलालीमा निर्माणाधीन रानी -जमरा- कुलरिया सिँचाइ आयोजनाका लागि  दुई अर्ब ३५करोड विनियोजन गरेको छ ।  

    राष्ट्रिय गौरवको यो आयोजनाको नौ किलोमिटर मूल नहर निर्माण आगामी वर्षमा पूरा गरिने जनाइएको छ । उक्त आयोजनाकै लम्की विस्तारतर्फको कान्द्रा खोलासम्म १५किलोमिटर मूल नहर र पाँच किलोमिटर शाखा नहर निर्माण गरिने लक्ष्य लिइएको छ । 

    उक्त आयोजनाको आगामी तीन वर्षभित्र निर्माण पूरा गरिने लक्ष्य लिइएको र यसबाट २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ पुग्ने लक्ष्य रहेको अर्थमन्त्री विष्णप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट कार्यक्रममा उल्लेख गरिएको छ ।

    सरकारको प्राथमिकताप्राप्त कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणका लागि एक अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार