Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मदिराको मूल्य बढ्दैः इन्डक्सन चुल्होको घट्दै


    शनिबार, जेष्ठ १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य वस्तु र हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ ।

    इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पङ्खालगायत विद्युतीय उपकरणको मूल्य भने घट्ने भएको छ । शिशु स्वास्थ्य र पोषण प्रवद्र्धन गर्न शिशुले सेवन गर्ने दूधको भन्सार महसुल पनि ५० प्रतिशतले घटाइएको छ । मूल्य थपघटको व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुनेछ ।

    indacation.jpg

    डेबिट कार्ड, क्रेडिट कार्ड, क्युआर कोड, स्क्यान–टु–पेलगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा सेवा खरीद गर्दा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशतले हुने रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्था पनि बजेटले गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार