काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता १५ प्रतिशत वृद्धि गरेको छ । पाँच बर्षदेखि नेपाल प्रहरी र सशस्त्रको रासन भत्ता बृद्धि भएको थिएन । पाँच बर्षपछि सरकारले आगामी र्आिर्थक बर्ष २०७८-०७९ को बजेटमा रासन भत्ता बृद्धि गरेको छ ।
गृह मन्त्रालयले पटक पटक रासन भत्ता बृद्धिका लागि कार्यदल गठन गरेको र ती कार्यदलले रासन भत्ता ३५ प्रतिशत बृद्धि गर्नुपर्ने प्रतिवेदन दिएका थिए । गृहले सहसचिव रामप्रसाद आचार्य र थानेश्वर गौतम नेतृत्वको समिति बनाएको थियो । दुवै समितिले रासन भत्ता समयानुकूल बृद्धि नभएको प्रतिवेदन दिएका थिए ।