काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दोतर्फ हेबीवेटमा मेडल बिजेता खेलाडी तथा खेलकर्मी केशव थापालाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमित थापाको ५ दिनदेखि सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको एभरेस्ट तेक्वान्दोका सन्जिब फुयालले जानकारी दिएका छन् ।
कोरोनाले विभिन्न क्षेत्रका ब्यक्तिहरुलाइ आक्रान्त बनाइरहँदा खेल क्षेत्र पनि त्यसबाट अछुतो छैन । थापा थाइल्यान्डबाट हेबिवेटमा स्वणर्पदक बिजेता हुन् । उनी बागमती प्रदेश तेक्वान्दो संघका सदस्य, एभरेस्ट तेक्वान्दोका अध्यक्ष तथा बेसबल सफ्टबल संघ ललितपुरका अध्यक्ष हुन् ।
अहिले उनको स्वास्थमा केही सुधार आइरहेको सन्जिब फुयालले बताए ।