Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्मचारीको तलव २ हजार बढ्यो, घुमघाम भत्ता १० दिनको तलव बराबर


    शनिबार, जेष्ठ १५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आर्थिक बर्ष २०७८-०७९ बजेटमा कर्मचारीको भत्ता मासिक २ हजार बृद्धि भएको छ । कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मकै तलव मासिक २ हजारका दरले बृद्धि भएको छ ।

    अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा कर्मचारीका लागि बर्षमा १० दिन बराबरको तलव घुमघाम(आन्तरिक पर्यटन प्रबद्र्धन)का लागि छु्ट्याएका छन् । आन्तरिक पर्यटनको प्रबद्र्धनका लागि सरकारले यो बर्षदेखि कर्मचारीका लागि यस्तो ब्यवस्था गरेको हो । निजामती, संस्थान, प्रतिष्ठान, समिति, स्थानीय निकायसहित सबै सरकारी कर्मचारीले १० दिनको तलव सुविधा पाउनेगरी पर्यटन काजमा जान पाउनेछन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यनीति बनाएपछि कुन कुन ठाउँमा पर्यटन काजमा जाने हो, काजमा गएपछि त्यहाँको बारेमा घुम्न गएको कर्मचारीले प्रतिवेदन पेश गरेपछि भुुक्तानी पाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार