काठमाडौं । निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म विद्युत खपत गर्ने घरेलु तथा साना उपभोक्ताले शतप्रतिशत छुट पाउने भएका छन् ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञाभरको २० युनिट विजुली शतप्रतिशत छुट दिने व्यवस्था गरेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले बजेटमा मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेका छन् ।
त्यस्तै निषेधाज्ञाभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिलाउने व्यवस्था मिलाएको पनि जानकारी पनि अर्थमन्त्री पौडेलले दिएका छन् ।