Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लालधनुषका संचालक शेर्पाद्वारा २ सय परिवारलाई खाद्यान्न सहयोग


    शनिबार, जेष्ठ १५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीका कारण १ महिनादेखि निषेधाज्ञा छ । निषेधाज्ञाका कारण सहरी क्षेत्रका बिहान काम गरेर बेलुका खाने मजदुरहरु समस्यामा परेका छन् । कोरोनाको दोस्रो लहरमा सरकारबाट पनि न्यून आय भएका मजदुरहरुका लागि राहतका कुनै पनि प्याकेज नल्याएको अवस्था छ ।

    एक महिनादेखि जारी निषेधाज्ञाले काम गर्न जान नसकेका मजदुरहरुलाई खाद्यान्न सहयोग गरी परोपकारी काम गरेका छन्, ब्यवसायी आङ नवाङ शेर्पाले । लालधनुष इन्टरनेशनल सर्भिस प्रालिका म्यानेजिङ डाइरेक्टर शेर्पाले बौद्ध तीनचुलीमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

    5.jpg

    आफ्ना स्व. पिता आङनोर्बु शेर्पाको २१ औं पुण्यतिथिको अवसरमा शनिबार तीनचुलीका मजदुर र विपन्न परिवारलाई चामल, दाल, नून, तेल लगायतका खाद्यान्न सहयोग गरेका हुन् । शेर्पाले करिब २ सय परिवारलाई राहतस्वरुप खाद्यान्न सहयोग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार