काठमाडौं । कोरोना संक्रमणका कारण उपचाररत विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको परिवारले मेडिकल व्यवसायी दुर्गा प्रसाईको सहयोग आवश्यक नरहेको जनाएको छ ।
विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईले थापाको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने घोषणा गरेका थिए ।
झापास्थित बी एण्ड सी मेडिकल कलेजका संचालक प्रसाईले थापाको उपचारमा लाग्ने खर्च ब्यहोर्ने घोषणा शनिबार बिहान गरेका थिए ।
परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको बताउँदै थापाको परिवारले प्रसाईको सहयोग आवश्यक नभएको बताएको छ ।
थापाको परिवारले शनिबार प्रेस विज्ञप्ति नै जारी गरी प्रसाईको सहयोग आवश्यक नभएको प्रष्ट पारेको छ । थापाको परिवारले प्रसाईलाई धन्यवाद दिएको छ ।
थापा कोरोना संक्रमणका कारण गम्भीर बिरामी छन् । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।