Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामदेवको खुलासा, केपी ओली गणतन्त्र बिरोधी थिए


    शनिबार, जेष्ठ १५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का निर्वाचित उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीसहित ३ झापाली नेता गणतन्त्रबिरोधी रहेको रहस्य खोलेका छन् । १४ औं गणतन्त्र दिवसको शुभकामना दिने क्रममा शनिबार गौतमले ओलीको नाम नलिइकन तत्कालीन मालेका ३ नेता गणतन्त्रका बिरोधी रहेको उल्लेख गरेका छन् । गौतमको संकेत केपी ओली, राधाकृष्ण मैनाली र सीपी मैनालीतर्फ नै भएको अनुमान लगाउन सकिन्छ । झापा संघर्षका मुख्य तीन पात्रमा ओली र मैनाली बन्धु अग्रपंक्तिमा भएकाले पनि गौतमको संकेत उनीहरुतिरै लक्षित रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

    गौतमले गणतन्त्रका महानायकका रुपमा स्व. गिरिजाप्रसाद कोइराला, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई चित्रित गरेका छन् । र, नेकपा एमालेको केन्द्रीय कमिटीमा पहिलो पटक गणतन्त्रको एजेन्डा प्रस्तुत गर्ने आफू नै भएको पनि गौतमले दाबी गरेका छन् ।  

    गौतमले लेखेका छन्-आज १४ औं गणतन्त्र दिवस हो । यस अवसरमा सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गर्दछु ।

    नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौं नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग, तपस्या र समर्पण रहेको सर्वविदितै छ । तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो । उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीवीच हुनुहुन्न अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।

    विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार