Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोप सहयोग माग्दै राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्राचार


    शनिबार, जेष्ठ १५ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाललाई कोरोना विरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र लेखेकी छन् ।
      राष्ट्रपतिले बाइडेनलाई पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरेका छन् ।

    यसअघि जेठ १२ गते पनि राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गर्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गर्दै खोप खरिदमा सहजीकरण गरिदिन लागि अनुरोध गरेकी थिइन् । त्यस क्रममा राष्ट्रपति सीले नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    दुतावासका अनुसार जवाफमा अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार