काठमाडौं। बिगत केही दिनदेखि देशका पूर्वी र मध्य भागमा निरन्तर मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण निरन्तर वर्षा भइरहेको हो । आजबाट ‘यास’ चक्रवात पश्चिमउत्तर पश्चिम सर्ने क्रममा कमजोर भई न्यून चापीय क्षेत्रका रुपमा परिणत भएको छ ।
उक्त न्यून चापीय क्षेत्रको असर आजबाट कम हुँदै जाने र त्यसपछि न्यून चापीय क्षेत्रका रुपमा देशको दक्षिणतर्फ रहनेछ ।
पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा वर्षाको समभावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।