Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अबिरल बर्षाले कालीगण्डकी मा बहाव बढ्यो,  तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


    शुक्रबार, जेष्ठ १४ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले जारी वर्षाका कारण बाढीपहिराको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी नदीमा बिहीबारदेखि नै बहाव बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो ।  

    जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन् ।

    पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार