नेपालगञ्ज । डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।
दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले डिउटीमा खटिएका डाक्टर र नर्समाथि हातपात गरेका थिए।
बाँके प्रहरीले तिनै जनालाई राती नै नियन्त्रणमा लिएको थियो । प्रहरीले शुक्रबार तिनै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले जानकारी दिए।
आक्रमणकारीले विरामीलाई ल्याएदेखि नै मुख्यमन्त्रीको पावरको कुरा गर्दै डाक्टर र नर्सलाई धम्क्याउने गरेको उपचारमा संलग्न डाक्टर चन्द्रप्रकाश साहुले बताए।
घटनापछि भेरीमा डाक्टर र नर्स आन्दोलनमा उत्रिएका थिएका छन् ।