Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने अपराधीलाई हदैसम्मको कारबाही गर्न अनेरास्ववियुको माग


    शुक्रबार, जेष्ठ १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अनेरास्ववियुले बाँकेस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ । भेरी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले अनेरास्ववियुलाई आक्रोसित तुल्याएको छ ।

    कोेभिड–१९ को विश्वब्यापी महामारीमा आफ्नो र परिवारको ज्यानलाई समेत जोखिममा राखेर संक्रमितको उपचारमा संलग्न डाक्टर, नर्स र स्वास्थ्यकर्मी सम्मानयोग्य छन् । तर तिनै स्वास्थ्यकर्मीमाथि जेठ १३ गते भएको सांघातिक हमला मानवता बिरुद्धको अपराध नै हो, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ–त्यस्ता अपराधीहरुलाई हदैसम्मको कारबाही गरी कोरोना संक्रमितको स्वास्थ्य उपचारमा खटिएको जनशक्तिलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण सुनिश्चित गरियोस् ।

    यसैबीच, भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत, भरत रावत र लोकराज राउतबिरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिसकेको छ । मुद्दा दर्तापछि मात्रै स्वास्थ्यकर्मी काममा फर्किएका छन् ।

    press note.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार