Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि तत्काल कानुनी कारबाही गरियोस्ः माधव नेपाल


    शुक्रबार, जेष्ठ १४ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । नेता नेपालले आक्रमणकारीलाई कानुनी कारबाही गर्न र बिरामीको उपचारको प्रबन्ध मिलाउन माग गरेका छन् ।

    नेता नेपालले सामाजिक संजालमा लेखेका छन्–‘नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक हमला र दुव्र्यवहारको भत्र्सना गर्दछु । महामारीको समयमा आफ्नो जीवन जोखिममा राखेर अहोरात्र खटिनेहरुलाई सुरक्षा र प्रोत्साहनको साटो अराजक तवरमा आक्रमणमा उत्रिनेहरुमाथि तत्काल कानूनी कारबाही गर्न र विरामीहरूलाई आवश्यक उपचार प्रवन्ध मिलाउन माग गर्दछु ।’

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका निकट मानवबहादुर राउत नेतृत्वको एक समूहले बिहीबार बेलुका भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरेका थिए । जुन आक्रमणबाट बच्नका लागि चिकित्सक र नर्स एक तलामाथिबाट हाम्फलेका थिए ।

    शुक्रबार बिहानैदेखि स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । भेरी अस्पतालका डाक्टर र नर्सहरु कोभिड उपचारमा रातदिन खटिनेमा पर्दछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार