Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगातार तेस्रो दिन पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी, ९८४१ निको भए, ९६ जनाकाे मृत्यु


    शुक्रबार, जेष्ठ १४ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

    यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।

    त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार