Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले आगामी जेठ १८ गतेबाट चार मुलुकमा नियमित उडान गर्ने


    शुक्रबार, जेष्ठ १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ –  सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान सञ्चालन गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए।

    मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी गराए। साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उनले बताए।

    ‘फ्लाइटहरु बन्द भएका कारणले विभिन्न खालका कुटनीतिक प्रयासहरुबाट जाने र अरु अनुरोधहरुबाट कतिपय फ्लाइटहरु जाने हुँदा त्यसमा पनि अनियमितता हुने भएको हुनाले बरु थोरै देशबाट भए पनि नियमित खालका उडानहरुलाई गरियो भने कम्तीमा त्यसमा अनियमितताहरु नहुने कुरा, व्यक्तिहरुका बीचमा अलि खुल्ला हुने कुरा र हप्तामा एकचोटी जान्छ भनेपछि आफ्नो सेड्युल बनाएर मान्छे जान सक्छ भनेर हिजोको मन्त्रीपरिषद् बैठकबाट हामीले चीन, कतार र टर्कीको निम्ति हप्तामा एकचोटी नियमित फ्लाइट गर्ने भन्ने कुरालाई संस्थागत रुपमा निर्णय गरेका छौँ’, मन्त्री ढकालले भने।

    मन्त्री ढकालका अनुसार, ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड १९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिननमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टीनमा बस्नुपर्ने, ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार