Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसद विघटन मुद्दाकाे सुनुवाइमा विवाद भएपछि आइतबारसम्म सुनुवाइ स्थगित


    शुक्रबार, जेष्ठ १४ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । संवैधानिक इजलासमा रिट निवेदक पक्ष र महान्यायाधिवक्ताबीच विवाद भएपछि सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ।

    आज संसद विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनसम्बन्धी इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि रिटमाथिको सुनुवाइ स्थगित भएको हो । 

    यसअघि नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।

    यसअघि गत जेठ ७ गते मध्यराति विघटित संसद पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० वटा रिट दायर गरिएका थिए । जसमा विपक्षी गठबन्धनहरुका नेता (कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित) १४६ जना सांसदले संसद पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार