काठमाडौं । नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् ।
बागमती प्रदेशकाे राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए । माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो ।
रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए तर, देवकोटा विजयी भए । देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेका थिए ।