Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीश राणाद्वारा संवैधानिक इजलास गठन, यी हुन् छानिएका ४ न्यायाधीश


    शुक्रबार, जेष्ठ १४ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा दायर भएका ३० वटा रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा ४ न्यायाधीश छानेका छन् ।

    आज  राणाले गठन गरेको पाँच सदस्यीय संवैधानिक इजलासमा उनीसहित बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । १९ वटा रिटमा बिहीबार सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाएका राणाले आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ गर्दैछन् ।

    प्रधानन्यायाधीश राणाले न्यायपरिषद्ले बनाएको सूचीबाट चार जना न्यायाधीश छानेका हुन् । प्रधानमन्त्री केपी ओलीले धारा ७६(५) अनुसार सरकार गठन नै नभई प्रतिनिधिसभा बिघटन गरेको र त्यसलाई राष्ट्रपतिले सदर गरेकाले त्यसबिरुद्ध विपक्षी गठनबन्धनका १४६ सांसद सशरीर उपस्थित भएर सोमबार रिट दर्ता गरेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार