Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि निषेधाज्ञामा थप कडाइ, अप्ठ्यारो परे १०३ मा फोन गर्न प्रशासनको आग्रह


    शुक्रबार, जेष्ठ १४ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञालाई आजदेखि थप कडाइ गरिने भएको छ। 

    हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई आजदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् । यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने बताइएको छ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ ।

    निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गरिने जानकारी दिँदै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विपन्न, असहाय र गरिब परिवारका लागि स्थानीय वडा तहबाट राहतको व्यवस्था गरिएको बताए । उनले भने, ‘अप्ठ्यारो परेमा स्थानीय वडा कार्यालयमा वा टेलिफोन नं. १०३ मा सम्पर्क गर्न आग्रह गरेका छौँ ।’

    उपत्यकामा कोरोना सङ्क्रमण बढ्नुका कारणमध्ये खाद्य तथा किराना पसल पनि एक भएको बुझाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को छ ।

    यस्तै, आजदेखि बैंक तथा वित्तीय क्षेत्रलाई सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न भनिएको छ । अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालयबाट दिइने सेवा पनि स्थगित गरिएको छ ।

    सागसब्जी, माछामासु, दुध किनबेचको लागि बिहान ९ बजेसम्म समय तोकिएको छ । मालवाहक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार