Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेठ १८ गतेदेखि चीन, कतार र टर्की उडान खुल्ला गर्ने मन्त्रिपरिषद्को निर्णय


    शुक्रबार, जेष्ठ १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले  चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।

    जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको बैठकमा चार्टर उडानमा एयरलाइन्स र एजेन्टको मिलेमतोमा यात्रु ठगिएको बिषयमा छलफल भएको स्रोतले वतायो।

    यात्रुहरु ठगिने क्रम नरोकिएपछि ३ वटै देशमा सातामा एउटा उडानका लागि खुला गरिएको स्रोतको भनाइ छ। 

    सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपछि वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकमा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

    सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्‍याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो ।

    तर, यात्रुहरु ठगिने क्रम नरोकिएपछि नियमित उडान खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। अहिले कुटनीतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एयरलायन्सले चार्टर उडान अनुमति पाइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार