Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  सेती अस्पतालमा सङ्क्रमितको मृत्यु शून्य


    बिहिबार, जेष्ठ १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४ घण्टामा शून्यमा झरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएसँग सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्युदर आज शून्यमा झरेको हो । 

    अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४ मा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा सङ्क्रमण दर पनि आज घटेको छ । अस्पतालमा ४४ सङ्क्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा, १५ को सघन उपचार कक्ष, २५ जनाको अक्सिजनको सहयोगमा उपचार व्यवस्थापन भइरहेको छ । 

    यसबहेक मोड्रेट केशका चार  र आकस्मिक कक्षमा पाँच जनाको उपचार भइरहेको छ । सो अवधिमा २८ उपचार व्यवस्थापनपछि घर फर्किएका छन् भने ६ जना भर्ना भएका छन् ।  
    यसैबीच आज सुदूरपश्चिम प्रदेशभर नौ सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कञ्चनपुर र कैलालीका चार ÷चार तथा अछामका एक  सङ्क्रमितको मृत्यु भएको हो । पछिल्लो २४ घण्टमा प्रदेशमा एक हजार ९८७ जनाको एन्टिजेन र पिसिआर परीक्षण हुँदा ४८७  नयाँ सक्रमित थपिएका छन् । यो अवधिमा ५६९  उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । 

     प्रदेश भरीको तथ्याङ्क विश्लेषण गर्दा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटको छ ।  दोस्रो लहरको कारोना भाइरस फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङक्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार