Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा २ लाख ११ हजार संक्रमित थपिँदा ३८ सय बढीकाे मृत्यु


    बिहिबार, जेष्ठ १३ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । भारतका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार भन्दा धेरैले बढेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका दुई लाख ११ हजार २९८ नयाँ संक्रमित थपिएका हुन् । सो अवधिमा कोभिड–१९ बाट तीन हजार ८४७ जनाको ज्यान गएको छ ।

    अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या दुई करोड ४६ लाख ३३ हजार ९५१ पुगेको छ । यस्तै कोभिड–१९ का कारण तीन लाख १५ हजार २३५ जनाको ज्यान गइसकेको छ ।

    हाल २४ लाख १९ हजार भन्दा बढिमा संक्रमण सक्रिय अवस्थामा छ। अहिलेसम्म भारतमा २० करोड २६ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार