काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय सहयोग संस्था डाइरेक्ट रिलिफले नेपालको लागि पठाएको सहयोग सामग्री आज काठमाडौं आउँदैछ ।
डाइरेक्ट रिलिफले अहिले ३.०९ मिलियन डलर (३६ करोड रुपैयाँ) बराबरको सहयोग सामग्री पठाएको आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।
अमेरिकाको शिकागोबाट उडेको जहाजमा ८६० अक्सिजन कन्सन्ट्रेटर छन् । साथमा १ भेन्टिलेटर, कोभिड १९ को उपचारका प्रयोग गरिने अत्यावश्यक औषधिहरु तथा पीपीइ किट, मास्क लगायतका अन्यस्वास्थ्य सम्बन्धी उपकरणहरु छन् ।
यसबाहेक डाइरेक्ट रिलिफले नेपालमा मेडिकल अक्सिजनको आपूर्ति सहज बनाउन हेटौंडाको सिद्धस्थली सामुदायिक अस्पताललाई अक्सिजन प्याल्ट स्थापना गर्न आर्थिक सहयोग गर्दैछ ।
पठाइएका सामग्रीहरु थ्रिएम, एबभाइ, ब्याक्सटर, बीडी, हिक्मा फार्मास्युटिकल्स, फाइजर, टाकेडा फार्मास्युटिकल्स, टेभा फार्मास्युटिकल्स, टिफी ह्युमानिटेरियन, भियाट्रिस लगायतका कम्पनीहरुले सहयोग गरेका हुन् ।