Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नाइजेरियामा डुंगा डुब्यो, २ सय जना यात्रु बेपत्ता


    बिहिबार, जेष्ठ १३ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अफ्रिकी देश नाइजेरियामा डुंगा डुब्दा २ सय यात्रु बेपत्ता भएका छन् ।

    नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको केबी जिल्लामा डुंगा टुक्रिएर डुबेको हो ।

    डुंगामा सवार पाँच जनाको भने उद्धार गरिएको छ । डुंगामा सवार अधिकांश महिला र बालबालिका रहेको बताइएको छ ।

    ८० यात्रुको क्षमता रहेको उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेकै कारण दुर्घटना भएको हो । डुंगामा सुनखानीबाट बालुवा समेत बोकेका कारण भार थेग्न नसकी दुर्घटना भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार