कैलाली । सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
मल्लको काठमाडौँमा उपचारका क्रममा हिजो राति ११ बजेतिर मृत्यु भएको उनका भतिजा रुपक मल्लले जानकारी दिए।
रुपकका अनुसार मोहनराजलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएपछि काठमाडौँमा ल्याएर उपचार गराइएको थियो ।
निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।
मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।