Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोपा लिग : युनाइटेडलाई पेनाल्टीमा पराजित गर्दै भिल्लारियल बन्यो च्याम्पियन


    बिहिबार, जेष्ठ १३ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले पहिलो पटक उपाधि जितेको हो ।

    खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा गयो ।

    कुनै पनि फुटबलमा २१ वटा पेनाल्टी बिरलै देख्न पाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पोल्याण्डमा भएको खेलमा झण्डै १० हजार दर्शकलाई मैदान प्रवेशको मौका दिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार