Nepal Face
  • आइतबार, १० साउन २०८३
  • द्विविधाग्रस्त देखिएका


    बुधबार, जेष्ठ १२ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  केहीदिन द्विविधाग्रस्त देखिएका नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराई र गोकर्ण विष्ट पुनः माधवकुमार नेपालसँगै उभिएका छन्।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार जारी गरिएको सामूहिक वक्तव्यमा उनीहरूको नाम पनि समावेश गरिएको छ। वक्तव्यमा ओलीले संसद् विघटनजस्तो निरंकुश एवं प्रतिगामी कदम चालेको आरोप लगाउँदै उक्त कदमविरुद्ध एकजुट हुन आह्वान गरिएको छ ।

    नेता भट्टराईले प्रधानमन्त्रीमा विपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै नयाँ सरकार निर्माणको दाबीमा हस्ताक्षर गरेका थिएनन्।

    त्यसपछि संसद् पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीको शपथको माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटमा भट्टराईसँगै विष्टले पनि हस्ताक्षर गरेका थिएनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार