काठमाडौँ । चीन सरकारले नेपाललाई अनुदान स्वरुप तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ।
केहीबेर अघिमात्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई फोनमार्फत् खोप उपलब्ध गराउन आग्रह गरेपश्चात् चीनले उक्त घोषणा गरेको हो।
स्रोतका अनुसार चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने बताएको छ।
चीनले नेपाललाई अहिलेसम्म कोरोना भाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिइसकेको छ ।
बुधबार टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।