Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संक्रमित भन्दा निको हुनेको संख्या बढी, १४५ जनाको मृत्यु


    बुधबार, जेष्ठ १२ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। 

    मन्त्रालयका अनुसार ६ हजार ७ सय १६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। 

    त्यस्तै यस अवधिमा १४५ जनाको मृत्यु भएको छ। 

    हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार