Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई राष्ट्रपति भण्डारीकाे अनुराेध


    बुधबार, जेष्ठ १२ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गरेकी छन्।

    मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै उनले खोप उपलब्ध गराउने अनुरोध गरेकाे उच्च स्राेतले जानकारी दिकाे छ ।

    पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिएको स्राेतले बताएकाे छ ।

    नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ। राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन्।

    भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो। त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार