काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६५ औ बुद्धजयन्ती तथा उभौली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै दिगो शान्ति विना समग्र विकास सम्भव नभएको तथा शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसर रहेको बताएका छन् ।
सभापति देउवाले देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र पहिलोभन्दा दोस्रो कयौंँ गुणा भयावहसिद्ध भएको तथा बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन् ।
यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको जनाउँदै उनले कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र अशान्ति, हत्या र हिंसाको विरोध गर्न आग्रह गर्दै देशमा शान्ति कायम होस् तथा अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना पनि गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend