Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले कोरोनाको आडमा सत्ता टिकाउन खोजेकाे कांग्रेसकाे आरोप


    बुधबार, जेष्ठ १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । काेराेना संक्रमितलाई उपचार गर्नेभन्दा पनि कोरोनाको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धी गर्ने कोसिस सरकारबाट भइरहेको नेपाली कांग्रेसले आरोप लगाएकाे छ।

    कोरोनाको आडमा आफ्नो सत्ता बचाउने खेलमा प्रधानमन्त्री केपी शर्मा ओली लागेको कांग्रेस पदाधिकारी बैठकले निष्कर्ष निकालेकाे हाे ।

    कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणमा ओली नेतृत्वको सरकार नलागेर बरू जनतामा आतंक फैलाउने खालका काम गरिरहेको बताएको छ।

    सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकमा बाेल्दै सहमहामन्त्री प्रकाशशरण महतले भने ‘दुई दिनभित्र किनमेल गर्नु भन्नेजस्ता कुरा गरेर यो सरकार जनतामा आतंक फैलाउन खोज्दैछ ।,’ 

    सरकारले पिसिआर परीक्षण नगर्ने, संक्रमितको उपचार नगर्ने तर जनतामा आतंक फैलाउने काम गरिरहेको भन्दै कांग्रेस बैठकले निन्दासमेत गरेको महत बताउँछन्।

    सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसअनुसार सरकार अगाडि नबढेको उनले बताए।

    दैनिक ज्यालादारीदेखि साना लगानीका उद्यमहरू संकटमा परेकोले हातमुख जोर्न सरकारले सहयोग गर्नुपर्ने कांग्रेसको भनाइ छ।

    ‘जनतामा आतंक फैलाउने काममा मात्रै सरकार केन्द्रीत भएकाे भन्दै कांग्रेसले सरकार कोरोना रोकथाममा केन्द्रीत भइ जीविकोपार्जनमा समस्या भएकाहरूलाई राहत दिन समेत आग्रह गरेकाे छ।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्ने र २ दिनमा खाद्यान्नलगायत सामग्री खरिद गर्न समय दिएका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार