Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पक्षसहित ९ दलले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्ने घोषणा


    बुधबार, जेष्ठ १२ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा । जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनको घोषणा भएको छ।

    प्रधानमन्त्रीको गृह जिल्ला समेत रहेको झापामा जिल्लाकै नौ राजनीतिक दलले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको बिरुद्धमा आन्दोलन गर्ने घोषणा गर्ने बताएका छन्।

    आज सबै राजनीतिक दलहरुले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभाबिहीन बनाएर अध्यादेशको भरमा राष्ट्र सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने ठहर गर्दै यस्ता कदमको बिरुद्धमा आन्दोलनको घोषणा गरिएको बताइएको छ ।

    विज्ञप्तिमा नक्कली राष्ट्रवादको नारा फलाकेर देश र जनतालाई झुक्याउँदै आएका ओलीले एकपछि अर्को लोकतन्त्रविरोधी, राष्ट्रघाती कार्य गर्दै आएको
    उल्लेख गरिएको छ । ‘आफुसँग बहुमत नरहेको र विश्वासको मत लिन सक्ने आधार नभएकाले नयाँ सरकार गठनका लागि संविधान को धारा ७६ को ५ बमोजिम राष्ट्रपतिकोमा आफुले सिफारिस गरेको हुँ भनेर सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका ओलीले आधा घण्टाभित्रै आफुसँग सरकार बनाउने बहुमतको आधार रहेको भनी राष्ट्रपतिसमक्ष दाबी पेश गर्नु पाखण्डीपन हो, विज्ञप्तिमा उल्लेख छ।

    संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव मणिकुमार साम्पाङ (बिजय), जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राई, नेकपा एमालेको माधव नेपाल समूहका जिल्ला अध्यक्ष बेदराज रेग्मी, बहुल राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष धनबहादुर पङ्ग्धाक, विवेकशील साझा पार्टीका झापा अध्यक्ष मेदनी प्रसाई, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रकाश थम्देन र राष्ट्रिय जनमोर्चाका झापा अध्यक्ष सन्तोष तामाङले हस्ताक्षर गरेका छन् ।

    Screenshot_2021-05-26-10-34-27-56_RD4NUj2RHT.png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार