Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सबैलाई खोप सुनिश्चित हुने गरी काम गर्न प्रधानमन्त्रीको सीसीएमसीमा निर्देशन


    मंगलबार, जेष्ठ ११ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन्।

    प्रधानमन्त्रीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने गरि काम गर्न निर्देशन दिएका हुन्।

    उनले कोभिड १९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरुको समाधान गरेको भन्दै कोभिड १९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिएको स्राेतले बताएकाे छ ।

    खोप कहाँबाट ल्याउने हो र कसरी ल्याउने हो। नागरिकहरुलाई खोप दिनुपर्छ। खोपको प्रभावकारीता देखिएकोले पहिलो प्राथमिकता भनेको खोप हो। खोपपछि स्वास्थ्य सामाग्रीहरुको अभाव देखिएको छ र ती सामाग्रीहरु पनि नेपाल सरकारले गरेको आह्वानअनुसार विभिन्न देशबाट उपलब्ध भएका छ भन्दै ओलीले उपलब्ध भएका सामाग्रीहरुको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपूर्ण रुपमा अस्पतालहरुमा वितरण गर्न निर्देशन दिएका हुन् ।

    कोभिड १९ निर्देशक समितिको पहिलो बैठकमा कोरोना १९ व्यवस्थापन केन्द्रका पदाधिकारी उपस्थिति थियो। 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार