Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सर्वोच्चमै पत्रकारलाई बोलाएर सोधपुछ गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भन्दै महासंघको विरोध


    मंगलबार, जेष्ठ ११ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच नभएको भेटलाई लिएर भ्रामक समाचार प्रकाशन गरेकाे बिषयमा सर्वोच्चले पत्रकारलाई बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    आज महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर पत्रकारहरुलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

    समाचारको विषयलाई लिएर इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई सोधपुछका लागि सर्वोच्च अदालत बोलाएको थियाे ।

    प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्दती हुँदाहुँदै त्यसको बेवास्ता गर्दै सर्वोच्चले पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य रहेको महासंघले जनाएको छ। 

    यसअघि प्रधानमन्त्री केपीशर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच भेटवार्ता भएको भनी ती सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए।

    लगत्तै शुक्रबार सर्वोच्चले सो भेट नभएको स्पष्ट पारेको थियो भने ती सञ्चारमाध्यमका सम्पादकलाई सोधपुछका लागि बोलाएको थियो। 

    190815910_4272520759457675_7231788196488972001_n-768x994.jpg
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार